सोमबार, मंसिर २९, २०८२

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

पर्सा- बारा-पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुँदा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन्। आर्थिक मन्दीका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेका हुन्।

National life

कोरिडोमा सञ्चालित १२ उद्योगमध्ये चारवटा बन्द भएका छन्। बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिए।

उनले बैंकहरुको बढ्दो ब्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुक्तानी नगरिएका कारण समस्या उत्पन्न भएको हो। सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग बन्द भएको अध्यक्ष अग्रवालले बताए।

भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रतिटन एक हजार रूपैयाँ कर लिँदै आएको छ। यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उनको भनाइ छ।

नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएको भारतीय गुणस्तर चिह्न बीआईएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाइ छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 17, 2023| 21:02 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्