मंगलबार, पुस १, २०८२

रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका भरत शाहको मृत्यु

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

मस्को- युक्रेनविरुद्धको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ का ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ। युक्रेनी सेनासँगको भिडन्तका क्रममा घाइते भएका उनको उपचार अभावमा मृत्यु भएको जानकारी युद्ध मैदानबाट उनका साथी रोशन थापाले परिवारलाई दिएका हुन्।  

National life

कुसको शव बनाएर आइतबार हिन्दु परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरिएको छ। उनका मृत्युबारे नेपालस्थित परराष्ट्र मन्त्रालय र रुसी सरकारले ‌औपचारिक जानकारी परिवारलाई दिइसकेको छैन।

टीकापुर नगरपालिका-१ दुर्गानगर स्थानीय बसोबास भएका उनी यसअघि दुबईको रोयल गार्डमा कार्यरत थिए।  थापाले परिवारलाई दिएको जानकारी अनुसार शाहको मृत्यु गत नोभेम्बर २० तारिखमा भएको हो। यसबारे उनका साथी रोशनले शुक्रबार मात्रै परिवारलाई जानकारी दिएका हुन्। 

भिडन्तका क्रममा गोली लागेर घाइते शाहलाई समयमा अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको कञ्चनपुरका थापाले दिएका हुन्। दुबईको रोयल गार्डको जागिर छाडेर शाह तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए। उनी रुसी सेनामा भर्ना भएको जानकारी परिवारलाई पनि थियो।

उनका नातेदार मंगल शाहका अनुसार रुसी सेनाले यस घटनाबारे औपचारिक जानकारी दिएको छैन। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 17, 2023| 18:11 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्