सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अहिले नै मन्त्रिपरिषद् पूरै परिवर्तन गर्ने विषयमा छलफल भइसकेको छैन : मन्त्री शर्मा 

अहिले नै मन्त्रिपरिषद् पूरै परिवर्तन गर्ने विषयमा छलफल भइसकेको छैन : मन्त्री शर्मा 

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् हेरफेर हुने विषयमा अहिले कुनै छलफल नभएको बताएकी छन्। आइतबार दिउँसो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएकी हुन्। 

बाहिर चर्चा भएजस्तो अहिले मन्त्रिपरिषद्को सेट नै परिवर्तन गर्नेगरी कुनै छलफल नभएको बताउँदै उनले आवश्यक्ता अनुसार केही परिवर्तन हुनसक्ने संकेत पनि गरिन्। 

‘मन्त्रिपरिषद् हेरफेर वा सेट नै चेन्ज गर्ने विषयमा कुनै कुरा भएको छैन। आवश्यक्ता अनुसार हुनै सक्दैन भन्ने होइन,’ मन्त्री शर्माले भनिन्, ‘अहिलेको सन्दर्भमा त्यस्तो कुनै छलफल भएको छैन। त्यसकारण अहिले मन्त्रि हेरफेर हुन्छ कि हुँदैन कि भन्ने कुरामा कुनै कुरा भएको छैन।’

प्रकाशित: Dec 17, 2023| 18:30 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्