सोमबार, असार २२, २०८३

विवाह पञ्चमी महोत्सवमा पाकेटमारको बिगबिगी, १८ जना समातिए

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

जनकपुरधाम- सीता-राम विवाह पञ्चमी महोत्सवमा सहभागी श्रद्धालुको पाकेटमारी गर्ने १८ जना पक्राउ परेका छन्। जनकपुरका विभिन्न स्थानबाट पाकेटमार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई गोपाल धर्मशालाको प्रहरी युनिटमा राखिएको छ। विशेषगरी भिडभाडको मौका छोपेर महिलाको गरगहना लुट्ने र रुपैयाँ राखिने लुगाको पाकेट काट्ने पक्राउ परेका छन्।

विवाह पञ्चमीका श्रद्धालुको सुरक्षाका लागि १३ सय नेपाल प्रहरी र साढे ६ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ। साथै ड्रोन क्यामेरा र सिसिटिभी क्यामेराबाट समेत निगरानी प्रहरीले गरिरहेको छ।

प्रकाशित: Dec 17, 2023| 13:46 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्