सोमबार, असार २२, २०८३

थापाथलीमा पुरूष मृत फेला

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

काठमाडौंको थापाथली चोकको सडक पेटीमा एक पुरूष मृत भेटिएका छन्। आज बिहान ६ बजे थापाथली अस्पताल जाने सडकको पेटीमा अन्दाजी ४० वर्षका पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

मृत भेटिएका व्यक्तिको पहिचान हुन सकेको छैन। स्थानीय पसलेहरुले उनी मागी हिँड्ने व्यक्ति भएको बताएका छन्। शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

प्रकाशित: Dec 17, 2023| 09:50 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्