बिहीबार, वैशाख ३, २०८३

जेरुसेलममा रकेट आक्रमण गरेको हमासको दाबी

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

National life
kumari

काठमाडौं- जेरुसेलम र बेट शेमेशसहितका सहरहरूमा शुक्रबार साँझ रकेट आक्रमण गरेको हमासले दाबी गरेको छ। गाजापट्टीबाट लामो दूरीको रकेट प्रहार गरेपछि ‘अलार्म’ बजेको इजरायली मिडियाले जनाएको छ।

घाइते वा क्षतिको तत्काल कुनै तथ्यांक आइनसकेको बताइएको छ। इजरायली सेनाका अनुसार कम्तीमा ६ रकेट जेरुसेलमतर्फ प्रक्षेपण गरिएको छ।

इजरायलको आपत्कालीन उद्धार सेवाका अधिकारी म्यागेन डेभिड एडोमले एउटा रकेट बेट शेमेशमा खाली ठाउँमा खसेको बताए। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित: Dec 16, 2023| 19:20 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्