बिहीबार, वैशाख ३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसले २०२४ सम्म ७ वटा अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने 

रुसले २०२४ सम्म ७ वटा अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने 

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

मस्को- रुसले सन् २०२४ मा सात अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनीतिक योजना बनाएको रुसी मिसाइल फोर्सका रणनीतिक कमान्डर लेफ्टिनेन्ट जनरल सर्गेई काराकायेभले बताएका छन्।

National life

रुसबाट प्रकाशित ‘रेड स्टार’सँगको अन्तर्वार्तामा काराकायेभले पछिल्लो पाँच वर्षमा रुसी सेनाले परीक्षण तथा तालिमका निम्ति २० भन्दा बढी  मिसाइल प्रक्षेपण गरेको बताए।

काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नी पूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आउँदो वर्ष थप सातवटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरे।

रुस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सूचना आदानप्रदान जारी रहेको काराकायेभले बताए।

उनका अनुसार रुस र अमेरिकाले एकार्कोलाई प्रक्षेपणको विषयमा एक दिनअघि नै जानकारी प्रदान गर्ने प्रचलन छ।

kumari

स्रोतका अनुसार, पूर्वसोभियत संघ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टाअगाडि सूचना लिने–दिने सम्झौता भएको थियो। सूचनाले प्रक्षेपणको मिति, स्थान तथा हतियारको प्रभावको बारेमा संकेत गर्छ।

प्रकाशित: Dec 16, 2023| 20:00 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्