शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं- उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौँ महानगरपालिकालको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। 

National life

आज उच्च अदालत पाटनका न्यायधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको सयुक्त इजलासले काठमाडौँ महानगरको सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। 

आदेशमा अन्तिम टुङ्गो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न/नगराउन भनिएको छ। ‘निवदेकले रीतपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवम् काठमाडौँ महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकको बिक्री विवरण समेतमा पूर्ण प्रतिबन्ध लगाएको छ’, भन्ने सूचनाले निवेदकले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकुल असर परी अपूरणीय क्षति पुग्नसक्ने अवस्था देखिएको छ,’ आदेशमा उल्लेख गरिएको छ। 

काठमाडौँ महानगरले यही मङ्सिर २७ गतेदेखिे प्लास्टिक प्याकेजिङ् गरिएका, खैनी, गुट्खा, पानपराग जस्ता सुर्तीजन्य पदार्थको बिक्री विवरणमा रोक लगाएको थियो।

प्रकाशित: Dec 15, 2023| 20:59 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्