शुक्रबार, पुस ४, २०८२

बारामा २ लाख ७१ हजार टन धान उत्पादन

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

बारा- बारामा धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव  पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ।

National life

कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिए। गत वर्ष भने दुई लाख ५० हजार चार सय ७१ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको थियो।

यस वर्ष अगहनी धान एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन, भदैया धान ५१ हजार एक सय ७० मेट्रिक टन, चैतेधान ८० हजार मेट्रिक टन उत्पादन भएको छ। 

गत वर्ष अगहनी धान एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन, भदैया धान ५० हजार एक सय ९१ दशमलव पाँच मेट्रिक टन र चैते धान ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो।

मूल्यका हिसाबले यस वर्ष रु आठ अर्ब ६४ करोड तीन लाख ३८ हजार बराबरको अगहनी, भदैया र चैते धान उत्पादन भएको बाली संरक्षण अधिकृत राजनारायण साहले बताए। 

Laxmi sunrise bank
kumari

उनका अनुसार गत वर्ष रु छ अर्ब १४ करोड ९८ लाख ७५ हजार बराबरको धान उत्पादन भएको थियो। 

प्रकाशित: Dec 15, 2023| 20:21 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्