सोमबार, असार २२, २०८३

बालिकालाई करणी गरेको अभियोगमा १९ वर्षीय युवकलाई जन्मकैद

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

बालिकालाई करणी गरेको अभियोगमा एक युवालाई जन्मकैदको फैसला भएको छ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो।

साथै निजलाई ६ लाख जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ।​​

उनीविरुद्ध नौ वर्षीया नाबालिगलाई करणीको अभियोग लागेको थियो। प्रहरीले थापा मगरविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: Dec 15, 2023| 19:11 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्