शुक्रबार, पुस ४, २०८२

चीनमा दुई रेल ठोक्किँदा १०२ जनाको हड्डी भाँच्चियो

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

चीनको राजधानी बेइजिङमा दुई वटा सबवे रेल एकआपसमा ठोक्किँदा १०२ जना हड्डी भाँच्चिएर घाइते भएका छन्।  

National life

बिहीबारको दुर्घटनापछि हड्डी भाँच्चिएर घाइते भएका र अन्य घाइते भएका सहित ५०० जनालाई अस्पताल भर्ना गरिएको थियो। चाङपिङ सबवे लाइनमा भारी हिमपात भइरहँदा दुई रेलहरू ठोक्किएको बीबीसीले जनाएको छ।

अगाडि बढ्नुपर्ने रेल हिउँको चिप्लोले पछाडी सरेपछि पछाडिको रेलले अगाडिको रेललाई ठक्कर दिएको हो। शुक्रबार बिहानसम्म ४२३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। 

सबवेको दोस्रो रेलले ब्रेक लगाएता पनि दुर्घटना भने टर्न सकेन, यद्यपि घटनामा हताहतीको विवरण भने प्राप्त भएको छैन।
 

प्रकाशित: Dec 16, 2023| 06:36 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्