बुधबार, वैशाख २, २०८३

काठमाडौं महानगरपालिकाद्वारा विशिष्ट व्यक्तित्व सम्मानित

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं- काठमाडौँ महानगरपालिकाले २९औँ  महानगर दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ। राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा  महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो।

National life

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे। 

यसैगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मीरा चौधरी, पूर्वकप्तान फुटबलर बालगोपाल महर्जन, नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का, कराते खेलाडी एरिका गुरुङ, महिला बास्केटको क्याप्टेन सविना श्रेष्ठ र कराते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई उनले पुरस्कृत गरे।  पुरस्कृत व्यक्तित्वलाई जनही रु एक लाख ५० हजार प्रदान गरिएको थियो। 

महानगरप्रमुख बालेन शाहले तीनकुनेको जग्गा मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या र फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न बाँकी रहेको बताए। उनले महानगरका  ३२ वटै वडाका सांस्कृतिक झाँकी र नृत्य देखाउन पाइएकामा  खुसी व्यक्त गरे। 

महानगर उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक सम्पत्तिको प्रयोग सार्वजनिक हितका लागि मात्रै हुनुपर्छ भन्ने अवधारणाका साथ महानगरपालिका अघि बढेको बताए। महानगरमा न्यायिक सुशासन कायम गर्न हरेक सेवाग्रहीलाई सहज, सरल पहँुचका लागि निःशुल्क कानुनी सेवा सुरुआत गरिएको उनले जानकारी दिए। 
 

kumari

प्रकाशित: Dec 15, 2023| 15:08 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्