बुधबार, वैशाख २, २०८३

बाल यौन दुव्यर्वहारको घटना बढ्दो

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

चितवन- जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ। चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्र्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ बालिका परेका छन्।

National life

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन शाखाले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो। सो तथ्यांक अनुसार जिल्लामा सन् २०२३ मा एक सय १४ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन्।

इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्लामा यस वर्ष जबर्जजस्ती करणीका घटना ४३, जर्बजस्ती करणीको प्रयासका घटना तीन, हत्या छ, बहुविवाह १३ र आत्महत्या दुरुत्साहनका आठवटा निवेदन परेका छन्। यस्तै मानव बेचबिखनका तीन, अपहरण, जातीय भेदभाव तथा बालविवाहका एक-एक निवेदन परेको उनले जानकारी दिए।

जिल्लामा गत वर्ष सन् २०२२ मा एक सय ६१ वटा घटना भएका थिए। सो वर्ष जबर्जस्ती करणीका ६६ वटा मुद्दा दर्ता भएका थिए। यस्तै जर्बजस्ती करणीको प्रयासका १६, हत्याका चार, बाल यौन दुव्र्यवहारका २४, बहुविवाहका २९, आत्महत्या दुरुत्साहनका नौ, मानव बेचबिखनका पाँच र अपहरणका दुईवटा मुद्दा दर्ता भएका थिए।

गत वर्ष निवेदन नपरेको जातीय भेदभाव र बालविवाहका निवेदन यस वर्ष परेको अधिकारीले बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले परिबन्धमा परेर धेरै मानिस आपराधिक क्रियाकलापमा लाग्ने गरेको बताए।

kumari

बाल यौन दुव्र्यवहारका घटनामा बढी सङ्ख्यामा विद्यालय पढ्ने उमेरका बालबालिका पर्ने गरेका छन्। समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले विद्यालयमा पाठ्यक्रम बनाएर पढाउनेदेखि जनचेतनाका कार्यक्रमसम्म गर्दै आएको उनले जानकारी दिए।

प्रकाशित: Dec 15, 2023| 15:43 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्