सोमबार, असार २२, २०८३

नगरकोटमा खुल्यो देशकै सबैभन्दा लामो जिपलाइन

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

भक्तपुरको नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा आएको छ। शुक्रबार पर्यटनमन्त्री सुदन किरातीले उद्घाटन गरेसँगै चाँगुनारायण नगरपालिका-६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन आजदेखि सञ्चालनमा आएको हो।

यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो जिपलाइन थियो। नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन्। जिपलाइन बनाउन १५ करोड खर्च भएको बताइएको छ। उद्घाटनमा पुगेका पर्यटनमन्त्री किरातीले यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान गर्ने बताए। उद्घाटनपछि मन्त्री किरातीले पनि जिपलाइन गरेका थिए।

प्रकाशित: Dec 15, 2023| 13:21 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्