शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं महानगरले गरेको कामले संघीय सरकारलाई प्रेरणा मिलेको छः प्रधानमन्त्री

काठमाडौं महानगरले गरेको कामले संघीय सरकारलाई प्रेरणा मिलेको छः प्रधानमन्त्री

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाले गरेको सकारात्मक कामबाट संघीय सरकारलाई पनि उत्प्रेरणा मिलेको बताएका छन्।

National life

२९ औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताएका हुन्।

‘शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’ उनले भने।

उनले सकारात्मक कार्यमा अविचलित भई अगाडि बढ्नका लागि महानगरको नेतृत्व र टिमलाई अपिलसमेत गरे। प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरलाई ऐतिहासिक सहरका रूपमा स्थापित गर्न सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति आफू तत्पर रहेको पनि बताएका छन्।
काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरूमध्येको एक सांस्कृतिक शहर भएकाले काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार रहेको र रहनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तिय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाएर स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोतसाधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 15, 2023| 12:45 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्