शुक्रबार, पुस ४, २०८२

बाँकेमा जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

National life
Laxmi sunrise bank
kumari

बाँकेमा जिपको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ। एक जना सहायक हबल्दार गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै भे १ च ३४०७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा रुकुम पश्चिमको मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यसैगरी बर्दियाको बाँसगढी नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक हबल्दार लालबहादुर बुढा क्षेत्री गम्भीर घाइते भएका छन्। कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको छ।

प्रकाशित: Dec 15, 2023| 12:07 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्