धनुषामा हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन्। धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादव पछिल्लो २४ घन्टादेखि हराइरहेकी थिइन्।
उनको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बिहीबार बेलुका ७ बजे उनको शव फेला परेको हो। शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।