शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिकः विदेशमन्त्री वाङ

राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिकः विदेशमन्त्री वाङ

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गरेको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन-भियतनाम सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ। 

triton college

भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले उक्त भ्रमणले दुई देश बीचको सम्बन्धमा ऐतिहासिक महत्त्व राखेको उल्लेख गरे ।

भियतनामी पक्षले यस भ्रमणलाई ठूलो महत्त्व दिएको छ र उच्च स्तरको न्यानो स्वागत र अभूतपूर्व शिष्टाचार देखाएको उल्लेख गर्दै भियतनामका प्रधानमन्त्री फाम मिन चिन र राष्ट्रिय सभाका अध्यक्ष भुङ दिन्ह ह्यु चीनका राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नु महत्त्वपूर्ण रहेको बताए।

यस वर्ष चीन र भियतनाम बीचको व्यापक रणनीतिक सहयोग साझेदारीको १५ औँ वार्षिकोत्सव मनाउने क्रममा यस भ्रमणले नयाँ युगको थालनी गरेको विदेशमन्त्री वाङको टिप्पणी छ।

प्रकाशित: Dec 15, 2023| 06:25 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्