सोमबार, असार २२, २०८३

इन्टरनेटलगायत २५ वटा सेवामा हड्ताल गर्न निषेध

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको सूचना राजपत्रमा प्रकाशित गरेको हो।

यसमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा रहेका छन्।

त्यस्तै प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सलगायत) छन्।

औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, बैंकिङ सेवा, बीमा सेवा, विद्युत सेवा, मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवामा पनि हड्ताल गर्न निषेध गरिएको छ।

प्रकाशित: Dec 14, 2023| 18:56 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्