बुधबार, वैशाख २, २०८३

असई हत्या प्रकरण : एमाले सांसद कोइरीलाई सफाइ, ७ जनालाई जन्मकैद

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

National life
kumari

काठमाडौं- सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोले सफाइ  पाएका छन् भने सात जनालाई जन्मकैदको आदेश सुनाएको छ।

महोत्तरी जिल्ला अदालतले बिहीबार यस्तो आदेश जारी गरेको हो।

कोइरीलाई सफाइ दिएको छ भने प्रदीप साह माझी, संजयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले यस्तो आदेश दिएको हो।

२०७२ भदौमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको थियो। सोही हत्या प्रकरणमा आरोप लागेका १९ जना अहिले पनि फरार रहेका छन्।

प्रकाशित: Dec 14, 2023| 18:48 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्