सोमबार, असार २२, २०८३

नेपाली सेनाको रथी पदमा उपरथी अशोक सिग्देल बढुवा

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी अशोक सिग्देललाई बढुवा गरेको छ। 

जंगी अड्डाको सिफारिस तथा रक्षा मन्त्रालयको प्रस्तावमा उनलाई रथी पदमा बढुवा गरेको बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारकी प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

यससँगै सिग्देल अब २०८१ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति बन्न सक्नेछन्। 

तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकमा अवकाश पाएपछि एक रथी पद रिक्त थियो। उक्त स्थानमा सिग्देल बढुवा भएका हुन्। 

यसअघि यो पदमा तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई बढुवा गर्ने तयारी थियो।

तर उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा अलग जन्ममिति पाइएपछि जंगी अड्डाले छानबिन गरेको थियो। त्यसलगत्तै उनले कात्तिक २४ गते राजीनामा गरे।

पाण्डे बाहिरिएपछि सेनाले वरीयताका आधारमा सिग्देललाई बढुवाको बाटो खुलाउने गरी सूचना निकालेको थियो। 

प्रकाशित: Dec 14, 2023| 17:20 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्