बुधबार, वैशाख २, २०८३

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ। मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि बिहीबार धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।

National life

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो। उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका प्रहरीले जनाएको छ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन्।

एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए।

मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ। उनले मुक्का हान्नुको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

kumari

प्रकाशित: Dec 14, 2023| 16:51 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्