बुधबार, वैशाख २, २०८३

सुर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौं महानगर

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र भेटिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेको छ। सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएको महानगरले अनुगमनको क्रममा भेटिएका यस्ता सामान जफत गरेको हो।

National life

महानगर प्रहरी बलले काठमाडौंका विभिन्न ठाउँमा अनुगमन गरिरहेको छ। अनुगमनको क्रममा बिक्री गर्न नरोकेको पाइएपछि नगर प्रहरीले सुर्तीजन्य पदार्थ जफत गरेको हो।  

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी भएको ऐनले शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय लगायत स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ प्रयोग गर्न निषेध गरेको छ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० ले सुर्ती तथा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, बिक्रीका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई बेच्न नपाइने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंक फुड बिक्री निषेध गर्न सक्ने व्यवस्था गरेको छ। यिनै व्यवस्थामा टेकेर महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाइएको हो।

कसैले सुर्तीजन्य पदार्थ बेचेको भेटे दुई पटकसम्म जफत गर्ने र तेस्रोपटक पसल नै बन्द गरिने छ। सार्वजनिक स्थानमा धूमपान गरेको भेटिए ती व्यक्तिलाई उक्त स्थानबाट हटाएर सय रूपैयाँसम्म जरिवाना तिराउने महानगरले जनाएको छ।

kumari

प्रकाशित: Dec 14, 2023| 12:20 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्