सोमबार, असार २२, २०८३

दाङमा स्कुल हिँडेका किशोर दुई दिनदेखि सम्पर्कविहीन

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

दाङको तुलसीपुरमा बालक दुई दिनदेखि सम्पर्कविहीन भएका छन्।  तुलसीपुर उपमहानगरपालिका– ५ विशालनगरका १३ वर्षीय युवराज वली सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा उजुरी दिएका छन्।

उनी त्रिदेव बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिए। हिजो बिहान साढे ५ बजे ट्युसन पढ्न हिँडेका युवराज अझै घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी दिएको छ।

हिजो बिहानै ट्युसन पढ्न भनेर दिदीभाइ सँगै घरबाट निस्किएका थिए। छोरा सम्पर्कविहीन भएपछि बुबा मोहवीर वली बिहीबार बिहानै खोजीका लागि भनेर काठमाडौंतर्फ लागेका छन्। वली परिवारले बुधबार नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा छोरा हराएको भन्दै खोजी गरिदिन आग्रहका साथ निवेदन दिएको छ ।

प्रकाशित: Dec 14, 2023| 11:39 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्