शुक्रबार, पुस ४, २०८२

गहना चोर्ने र चोरीका गहना किन्ने पक्राउ

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौंमा रातको समयमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्। शम्भूमार्गस्थित भगवती श्रेष्ठको घरबाट १ तोला सुन र १ लाख ८० हजार रूपैयाँ चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला राजापुर थाना घर भई हाल काठमाडौंको तिलगंगा बस्ने १९ वर्षीय फ्रुटी भनिने किशोर गिरी, भारतको बिहार राज्य समस्तीपुर जिल्ला ग्राम घर भई तिलगंगा बस्ने २१ वर्षीय कृष्ण पोदार र भारतको बैसालीको उखिमारपुरका १८ वर्षीय घुच्की भन्ने संजीव बाँनिया (पोदार छन्)

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार गत कात्तिक ५ गते काठमाडौं महानगरपालिका-९ विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेराबाट सुनका गरगहना र नगद गरी १३ लाख ५८ हजार बराबरको धनमालको चोरीमा पनि गिरी र पोदारकै संलग्नता भेटिएको छ।

पक्राउ परेकाहरूसँग सोधपुछका र अनुसन्धानको क्रममा उनीहरूले चोरी गरेका गरगहनाहरू काठमाडौंकै सुन पसलमा बिक्री गर्ने खुलेको थियो। चोरीको सुन किन्ने तीन जना सुन पसलेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सितापाइलामा सुन पसल चलाउने ३० वर्षीय बिक्रम गर्तौला, झापाको वाहुनडाँगी घर भई पुरानो बानेश्वरमा सुन पसल चलाउने रमेश विश्वकर्मा र मोरङको सुन्दरहरैँचा घर भई काठमाडौंको भिमसेनगोलामा सुन पसल चलाउने ३३ वर्षीय डिल्लीराम विश्वकर्मा छन्।

Laxmi sunrise bank
kumari

उनीहरूको साथबाट सुनको पोते सहित नोगेडी ३ थान, मंगलसुत्र ३ थान, रिङ ३ थान, तिलहरी २ थान र झुम्का २ जोर बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान र कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त गौशला पठाइएको छ।
 

प्रकाशित: Dec 14, 2023| 08:56 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्