शुक्रबार, वैशाख २१, २०८१

भारतको संसद्‌मा कसले गर्‍यो धुवाँ आक्रमण?

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

नयाँ दिल्ली- भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ। दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए।  

triton college

सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो। साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो। तीमध्ये एक जना ओभरहेड दर्शक दीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेका थिए। 

अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो। उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो। 

उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले अझैसम्म उक्त घटनाबारे कुनै विवरण जारी गरेको छैन। 

केही समयको स्थगनपछि संसद् पुनः सुरु भयो। सभामुख ओम बिरलाले संसद् अवरुद्ध गर्ने चार जनालाई पक्राउ गरिएको सांसदहरूलाई जानकारी गराए। 'दुवै व्यक्तिलाई पक्राउ गरिएको छ र बाहिरका दुई जनालाई पनि पक्राउ गरिएको छ', उनले भने, 'संसद्ले गहन अनुसन्धान गरिरहेको छ र दिल्ली प्रहरीलाई पनि आवश्यक निर्देशन दिइएको छ।'

corrent noodles
Metro Mart

चिन्ता लिनुपर्ने केही छैन भन्दै उहाँले धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक नभएको सांसदहरूलाई आश्वासन दिए।

सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नयाँ संसद्को सुरक्षामाथि यसले ‘धेरै गम्भीर प्रश्न’ उठाएको बताए। घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए भन्दै उहाँले सांसदहरूले घटनाको गहन अनुसन्धानको माग गरेको बताए। 

नयाँदिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो। उक्त हमलामा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए। उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो। 

प्रधानमन्त्री मोदीले यसअघि बुधबार उक्त हमलाका पीडितहरूलाई श्रद्धाञ्जलि दिएका थिए। उनले भने, 'खतरासामु उनीहरूको साहस र बलिदान हाम्रो देशको स्मृतिमा सदाका लागि कोरिने छ।'
 

प्रकाशित: Dec 13, 2023| 21:40 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्