मंगलबार, जेठ १९, २०८३

लुम्बिनीका महिला कर्मचारीलाई 'महिनावारी बिदा'

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०
National life
Shivam cement

काठमाडौं- लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन्। प्रदेश सभाबाट पारित भई प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले 'महिनावारी बिदा'को व्यवस्था गरेको हो।

प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ। महिला कर्मचारीलाई यसअघि प्रसूति बिदा दिने गरिएकोमा अब महिनावारी बिदा पनि थपिएको हो। यस्तो बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ। नियमावली बनेर पारित भएपछि बिदा लागू हुनेछ।

प्रकाशित: Dec 13, 2023| 16:34 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्