शुक्रबार, पुस ४, २०८२

राप्रपाले कविता प्रतियोगिता गर्ने, पहिलो पुरस्कार एक लाख

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा कविता प्रयोयोगिता गर्ने भएको छ। यही पुस २७ गते ३०२ औं पृथ्वी जयन्तीलाई राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पनि मनाउनेछ।

National life

४० वर्ष ननाघेकाहरूले कविता प्रतियोगितामा भाग लिन पाउनेछन्। प्रतियोगीहरूले कवितासँगै नागरिकताको फोटोकपी पनि  पठाउनुपर्ने राप्रपाले जनाएको छ।

कविता लेखेर पुसको १५ गतेभित्र rppcenter48@gmail.com इमेल गर्न वा धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय आएर पनि बुझाउन सकिने प्रवक्ता मोहन श्रेष्ठले बताए। कविता पाँच सय शब्द नबढाई लेख्नुपर्ने हुन्छ। पहिलो हुनेलाई रु एक लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार र अन्य तीन जनालाई १०/१० हजार रुपैयाँका दरले पुरस्कार दिइने उनले बताए। पुरस्कृत कविता पुस २७ गते भृकुटीमण्डमा हुने समारोहमा कविहरूबाट बाचन गरिनेछ। स्वदेश र विदेशमा रहेका कविहरूले प्रतियोगितामा भाग लिन पाउनेछन्।

 

प्रकाशित: Dec 13, 2023| 16:40 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्