बुधबार, वैशाख २, २०८३

लोकसेवाले खोल्यो अधिकृत पदको विज्ञापन

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो।

National life

आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानवअधिकार सेवका लागि २ जनाको यस्तो बढुवा हुनेछ।

आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ। निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो। १७ पुससम्म अनलाइनमार्फत दरखास्त दिने अन्तिम मिति तोकिएको छ। २४ पुससम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ।

प्रकाशित: Dec 13, 2023| 13:40 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्