सोमबार, असार २२, २०८३

घट्दै तापक्रम, बढ्दै चिसो

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको छ। यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो।

आगामी दिनमा तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चिसोबाट हुन सक्ने असरबाट बच्नका लागि सतर्कता अपनाउन मौसमविद्हरुले अनुरोध गरेका छन्।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। तराई मधेशमा पनि मौसम सामान्यता सफा छ। पूर्वी, मध्य र पश्चिम तराईका केही स्थानमा आज बिहान हुस्सु–कुहिरो लागे पनि त्यो क्रमशः हट्दै गइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक दुई स्थानमा वर्षाको समेत सम्भावना छ। काठमाडौं उपत्यकामा भने बादल लागे पनि आज वर्षाको सम्भावना छैन।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको समेत सम्भावना छ। आजको तुलनामा भोलि (बिहीबार) मौसम सफा हुनेछ। देशभरी नै प्रभावित पार्ने ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना भने तत्काल नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: Dec 13, 2023| 10:06 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्