बिहीबार, पुस ३, २०८२

इजरायलले विश्वको समर्थन गुमाउँदै गइरहेको छ: बाइडेन

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा अन्धाधुन्ध बमवर्षा गरेर इजरायलले विस्तारै विश्वको समर्थन गुमाउँदै गएको बताएका छन्। मंगलबार आयोजित एक 'फन्डरेजिङ' कार्यक्रममा राष्ट्रपति बाइडेनले इजरायलले गाजामा अन्धाधुन्ध बम हानिरहेको बताएका हुन्।

National life

अक्टोबर ७ यता हमास-इजरायल संघर्ष चलिरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली नेतृत्वको आलोचना गरेका हुन्। हमासले इजरायली भूमिमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गर्दै बएको छ।

अझै पनि अमेरिका इजरायलकै साथमा रहेको उल्लेख गर्दै बाइडेनले भने, 'इजरायलको साथमा अमेरिका उभिएको छ। अहिले उसँग अमेरिकाबाहेक अरु पनि छन्। इजरायलसँग युरोपेली युनियन, युरोप छ। उसँग विश्वको अधिकांश हिस्सा छ तर अन्धाधुन्ध बमवर्षाका कारण इजरायलले समर्थन गुमाइरहेको छ।'

अक्टोबर ७ यता इजरायली आक्रमणमा १८ हजार ४ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ। जसमा अधिकांश महिला र बालबालिका रहेका छन्। त्यस्तै हमासको आक्रमणमा करिब १२ सय इजरायलीको मृत्यु भएको छ। 

प्रकाशित: Dec 13, 2023| 11:20 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्