बिहीबार, पुस ३, २०८२

आजदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य वस्तु निषेध

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- काठमाडौं महानगरपालिका भित्र सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ। महानगरले यसअघि नै जारी गरेको सूचनाअनुसार आजदेखि प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध भएको छ।

सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको महानगरको भनाइ छ।

सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ।

प्रकाशित: Dec 13, 2023| 07:35 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्