बिहीबार, पुस ३, २०८२

चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

National life
Laxmi sunrise bank
kumari

मुगु- केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ। हिमपात पनि सुरु भएको छ। चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन्।

अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। यही मङ्सिर १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले चौकीमा तैनाथ सुरक्षाकर्मीलाई सदरमुकाम झार्ने निर्णय गरेको हो। उनीहरुलाई आगामी वैशाखसम्मका लागि जिल्ला बोलाइएको हो।

गर्मी याम सुरु भएपछि प्रहरी टोलीलाई पुनः सीमा प्रहरी चौकी पठाइने प्रहरी नायब उपरीक्षक थापाले बताए। छ। मुगुम कार्मारोङ्ग-२ मुगु गाउँका सबै बासिन्दा जाडो छल्न बेँसी झरेका छन्।

प्रकाशित: Dec 12, 2023| 19:02 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्