बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एमालेको 'संकल्प यात्रा' बिथोलेको आरोपमा पूर्वमाओवादी नेताहरु पक्राउ

एमालेको 'संकल्प यात्रा' बिथोलेको आरोपमा पूर्वमाओवादी नेताहरु पक्राउ

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं- नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोकेको आरोपमा पूर्वमाओवादी नेता गोपाल किरातीसहित एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। 

National life

केहीबेर अघि नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए। 

‘प्रहरीले ठाउँ-ठाउँमा बम कसले राख्यो भन्दै उहाँलाई सोधेको रहेछ’, राईले भने, ‘केहीबेरअघि उहाँसहित १ दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।’ 

खोटाङ र भोजपुरबाट उनीहरूलाई नियन्त्रणमा लिएको राईले जानकारी दिए।

किरातीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत प्रहरीको नियन्त्रणमा रहेको यायोक्खाले जनाएको छ। 

Laxmi sunrise bank
kumari

कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले पनि नेता किरातीलाई नियन्त्रणमा लिएको पुष्टि गरे। ‘पूर्व मन्त्रीज्यूलाई पक्राउ गरिएको होइन’, उनले भने, ‘उहाँलाई नियन्त्रणमा लिइएको हो।’

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ। अबको केहीबेरमै अध्यक्ष केपी ओलीसहितको टिम उदयपुर आइपुग्ने एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए। 

आन्दोलनकारीले मध्यपहाडी लोकमार्गको ठाउँ-ठाउँमा रूख ढालेर अवरोध गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै आन्दोलनकारीले अवरोध सृजना गर्न खोजिरहेका छन्। 

ओखलढुंगाको हर्कपुरमा आमसभा गर्ने र अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रमलाई लक्ष्य गरी प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको छ।

प्रकाशित: Dec 12, 2023| 17:55 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्