बुधबार, वैशाख २, २०८३

शान्ति सुरक्षा मजबुत बनाउन सिसी क्यामेरा जडान गरिँदै

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सीसी क्यामेरा जडान गर्ने भएको छ।

National life

सदरमुकामको विमानस्थलबाट बीचबजार, क्याम्पस लाइन र विजयनगरमा सिसी क्यामेरा जडानका लागि अहिले ३० लाखको बोलपत्र आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए।

सीसी क्यामेराको प्रत्यक्ष निगरानी जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्ने भएको छ। नीति, कार्यक्रम तथा बजेटबाट यो आर्थिक वर्षमा ३० लाखको बजेट विनियोजित गरिएको थियो। क्रमशः अर्को वर्षका लागि पनि अर्को ठाउँमा सिसी क्यामेरा जडानका लागि बजेट पारित गरिने प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ।

आपराधिक क्रियाकलापसँगसँगै सडक दुर्घटना न्यूनीकरणका लागि पहिलो पटकमा नगरपालिकाको खलङ्गा बजारका विभिन्न स्थानमा क्यामेरा जडान गर्ने तयारीमा नगरपालिका लागिपरेको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए।

अहिले आवश्यकताअनुसार सदरमुकाम खलङ्गा बजारका चोकमा क्यामेरा जडान गरिने भएको छ। शान्ति सुरक्षा मजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको नगर उपप्रमुख रामदेवी खड्काले बताए।

kumari

बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सीसी क्यामेरा जडान सुरु गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ।

प्रकाशित: Dec 12, 2023| 22:31 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्