मंगलबार, भदौ २४, २०८२

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु

 |  मंगलबार, मंसिर २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

vianetvianet

पाकिस्तान- पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ।  

Kumaribank

परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन्।

उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए। अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतृककहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ। 
    
विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउदा अन्य २७ जना घाइते भएको समेत  बताइएको छ। विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ले कार्य भइरहेको छ। मृतकको सङ्ख्या बढ्ने आकँलन गरिएको छ।

बिहानको २:३० मा हमला सुरु गरेको तालीवानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ। सन् २०२१ मा तालिवान सत्तामा फर्किएदेखि पाकिस्तान – अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ।  

अमेरिकी सेना फिर्ता भएदेखि छेमेकी विद्रोही उत्साहित भएको  विश्लेषकहरुले बताउदै आएका छन्। पकिस्तानी द्वन्द्व सुरक्षा अध्ययन संस्थाका अनुसार गत वर्ष तथा २०२३ को सुरुवाती चरणको तुलनामा पछिल्लो समयमा द्वन्द्व झण्डै ८० प्रतिशतले वृद्धि भएको देखिएको छ।
    
इस्लामाबादले आक्रमणकारी समूह सीमापारीबाट परिचालित भएको आरोप लगाएको छ। यद्पि सो आरोप तालिबान सरकारले निरन्तर अस्वीकार गरिरहेको छ। घटना बारे पाकिस्तानी सेनाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन।   -एएफपी

Metro Mart

प्रकाशित: Dec 12, 2023| 20:41 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्