सोमबार, असार २२, २०८३

कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा गरेका छन्। झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन्।

पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री सवार प्रदेश १-०४-००१ झ ०००३ नम्बरको गाडीको सीसा फुटेको छ। दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागु औषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए।

मुख्यमन्त्री कार्की विरुद्ध पहिचान पक्षधरले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेका थिए। प्रदेश सभाबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले नाम संशोधनको माग गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनकारीले एमालेले एमालेको मध्य पहाडी संकल्प यात्रामा पनि अवरोध पुर्‍याएका छन्।

 

प्रकाशित: Dec 12, 2023| 15:21 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्