बुधबार, वैशाख २, २०८३

किसानलाई प्रोत्साहन दिन इच्छाकामनामा सुन्तला महोत्सव

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

मुग्लिन- चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो। यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ। सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

National life

आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्न यही पुसको दोस्रो वा तेस्रो हप्तामा ३ देखि ५ दिनसम्मको महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। महोत्सवका लागि किसानसँगै छलफल गरिरहेको उनले जानकारी दिए।

अध्यक्ष गुरुङले भने, 'महोत्सवको तयारीका लागि किसानसँग छलफल गरिरहेका छौँ, महोत्सवले इच्छाकामनाको सुन्तलाको प्रचारप्रसार एवं बजार प्रवर्द्धन गर्न सहयोग पुग्छ।' गाउँपालिकाको वडा नं ३ स्थित माझगाउँ, सिरानगाउँ, तोक्दाङ, ढाप, डुडेलगायत गाउँका करिब तीन सय बिघा भन्दाबढी जग्गामा सुन्तला खेती हुने गरेकाले महोत्सव गर्न लागिएको हो।

महोत्सवमा पाहुनालाई आकर्षण गर्न बोटमै टिपेर सुन्तला खान पाउने, सुन्तला कसले धेरै खाने प्रतियोगिताका साथै बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिनेजस्ता क्रियाकलाप गरिने उनले बताए। रासस

प्रकाशित: Dec 12, 2023| 15:02 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्