शुक्रबार, वैशाख २१, २०८१

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

हनोई- चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा मंगलबार भियतनाम पुगेका छन्।

triton college

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मंगलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ।

द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ।

दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन-भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउन बारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन्।  -सिन्ह्वा

प्रकाशित: Dec 12, 2023| 14:17 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्