काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी हरेक वर्ष हुने सम्मेलन अर्को वर्ष अजरबैजानमा हुने भएको छ। यूएईमा जारी कोप-२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप-२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन्।
दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति पाएको हो।