सोमबार, असार २२, २०८३

लागु औषध कारोबारी समात्न झम्सीखेलमा प्रहरीले गोली चलायो

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं- ललितपुरको झम्सीखेलमा गोली चलेको छ। लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि लागुऔषध कारोबारीलाई गोली प्रहार गरिएको बताइएको छ।

प्रहरीले गोली चलाएर उदयपुरका ४५ वर्षीय अविनाश राईलाई पक्राउ गरेको छ। राईको दाहिने खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। राईबाट प्रहरीले कटुवा पेस्तोल र लागु औषध पनि बरामद गरेको छ।

प्रकाशित: Dec 12, 2023| 13:23 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्