सोमबार, भदौ ९, २०८२

तापक्रम माइनस १६ पुगेपछि बेँसी झर्न थाले मनाङबासी

चिसोले धारा र खोलानालामा पनि पानी जम्दै गएको छ। बाटोमा हिउँ थुप्रिएका कारण सवारीसाधन आवतजावत नगण्य मात्र छ। पिउने पानी जोहो गर्न पनि मुस्किल हुन थालेको छ।
 |  मंगलबार, मंसिर २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

vianetvianet

काठमाडौं- जाडो अत्यधिक बढेसँगै हिमाली जिल्ला मनाङका बासिन्दा बेँसीतिर झर्न थालेका छन्। मंसिर अन्तिम साता हुँदै गर्दा माथिल्लो मनाङमा तापक्रम घटेर माइनस १६ डिग्रीसम्म पुगेको छ।

Kumaribank

मनाङ सदरमुकाम चामे आसपास क्षेत्रमा नै राति माइनस १६ देखि १८ डिग्रीसम्म तापक्रम झर्ने गरेको छ। चिसोले धारा र खोलानालामा पनि पानी जम्दै गएको छ। बाटोमा हिउँ थुप्रिएका कारण सवारीसाधन आवतजावत नगण्य मात्र छ। पिउने पानी जोहो गर्न पनि मुस्किल हुन थालेको छ।

चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ। पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन्। अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन्। यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरातर्फ झर्ने क्रम जारी छ।

चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका अनुसार यस्तो मौसममा पनि दैनिक १५ देखि २० जना पर्यटक भने आइरहेका छन्।

मनाङमा फागुन पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ। त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ। हाल जिल्लाभर चार हजार तीन सय याकचौँरी रहेको अनुमान छ।

Metro Mart

 

प्रकाशित: Dec 12, 2023| 13:12 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्