सोमबार, असार २२, २०८३

एनसेलविरुद्ध सांसद अमरेश सिंहको रिटमा आज सुनुवाइ हुँदै

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं- एनसेलविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुने भएको छ।

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो। दुवै दिन हेर्न नभ्याइनेमा परेपछि रिटको पेसी मंगलबारलाई सरेको हो।

सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर भएको मलेसियन कम्पनी एक्जिएटाले टेलियासोनेरासँग किन्दा ठूलो भ्रष्टाचार भएको दाबी गर्दै रिट दायर गरेका थिए।

एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी एक्जिएटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर सांसद सिंहले गरेका छन्।

प्रकाशित: Dec 12, 2023| 07:54 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्