सोमबार, असार २२, २०८३

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

 |  सोमबार, मंसिर २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २५, २०८०

रुकुम पूर्व- रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ। भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन्। खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो।

आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन सुरु भएको बताएका छन्।

हाल फलाम खानी पत्ता लागेको भनिएको  ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको स्थानीयले जानकारी दिएका छन्। तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। गत वर्ष तीनै ठाउँमा फलाम रहे नरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उनले बताए। 

“गत साल गरिएको अध्ययनबाट हम्रो गाउँपालिकाको झुम्लाबाङमा फलाम खानी भएको कुरा पत्ता लाग्यो”,  अध्यक्ष श्रेष्ठले भने, “झुम्लाबाङमा फलाम खानी रहेको पत्ता लगेको छ।” रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागमले फलाम  र तामा खानीको बारेमा तीन पटकसम्म अध्ययन गरिसकेको जनाइएको छ।

प्रकाशित: Dec 11, 2023| 19:01 सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्