बुधबार, वैशाख २, २०८३

जाजरकोट भूकम्प : नौ करोड बराबरको खाद्यान्न क्षति

 |  सोमबार, मंसिर २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २५, २०८०

जाजरकोट- जाजरकोट भूकम्पबाट नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।

National life

गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट ९ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। 

६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको हो।

जाजरकोट भूकम्पले जिल्लाभर पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ बराबरका पशुपन्छीको क्षति भएको छ। जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन्।

kumari

खाद्यान्न भण्डारण गर्न आग्रह
कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि सम्लग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ।

खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जनाइएको छ।

जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो। जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रह समेत गरेको छ। 

प्रकाशित: Dec 11, 2023| 21:31 सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्