बिहीबार, पुस ३, २०८२

रुसी सेनामा दुई सय नेपाली कार्यरत छन्: प्रधानमन्त्री

 |  सोमबार, मंसिर २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २५, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसियन सेनामा दुई सय नेपाली युवा कार्यरत रहेको जानकारी दिएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पार्टी कार्यालय पेरिसडाँडामा आज पत्रकारहरूसँग कुरा गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन्।

National life

दाहालले रसियन सेनामा मात्र नभई युक्रेनी सेनामा पनि नेपालीहरू भएको पाइएको बताए। उनले फरक देशबाट एकै देशका युवा लडिरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘रुसमा मात्रै त्यहाँको सेनामा आवद्ध भएर कम्तिमा दुई सय नेपाली युवा छन् भन्ने तथ्यांक आयो। युक्रेनी सेनामा पनि नेपाली छन् भन्ने आयो। सकारले यसबारे थप आधिकारिकता पुष्टि गर्न र युवाहरूलाई स्वदेश फिर्ताको पहल गर्दैछ।’

त्यस्तै प्रधानमन्त्री दाहालले इजरायलमा विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई स्वदेश फर्काउन सरकारले सबै किसिमका संयन्त्र परिचालन गरेको पनि बताए।

फरक प्रसंगमा उनले एनसेलसँग जोडेर सरकारको बद्‌नाम गराउनेहरू सक्रिय भएको गुनासो गरे। उनले आफूले यसबारे जाँचबुझका लागि निर्देशन दिइसकेको पनि बताए। दाहालले आफू दुबई गएको समयमा एनसेल खरिदबिक्रीबारे जानकारी पाएको र लगत्तै मुख्यसचिवलाई राखेर एनसेलको करलगायत बारे बुझ्न भनेको जानकारी दिए।

उनले भने, ‘मैले यो विषय दुबईबाटै बुझ्न लगाएको हो। यहाँ फर्केको भोलिपल्ट मुख्यसचिवलाई राखेर एनसेलको कर लगाएतका विषय बुझ्न लगाएँ। निर्देशन जारी गरेँ।’

Laxmi sunrise bank
kumari

गठबन्धन दलका शीर्ष नेतासँग पनि यसबारे छलफल गरिसकेको उनले बताए। ‘यस विषयको गम्भीरता हेर्दा गठबन्धन दलको बैठक बोलाएर यो स्वाभाविक छैन, यहाँ गडबड छ भनियो। क्याबिनेटबाट निर्णय गरियो। तर, केही मिडियामा एनसेल प्रकरणमा सरकारले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाइँदै छ। यो दुस्प्रचार हो,’ उनले भने।

प्रकाशित: Dec 11, 2023| 13:53 सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्