मंगलबार, वैशाख ८, २०८३

दोलालघाटमा ओलीले माछा तारेपछि...

 |  सोमबार, मंसिर २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २५, २०८०

काठमाडौं- नेकपा एमालेको मध्य पहाडी संकल्प यात्रा काभ्रे र सिन्धुपाल्चोकको सिमानना दोलालघाट पुगेको छ। बैतडीको झुलाघाटमा यात्रा शुभारम्भ गरेका एमाले अध्यक्ष केपी ओली पनि यात्रामा सँगै छन्।

National life

उनले दैनिक हुने सभालाई सम्बोधन गर्नुका साथै विभिन्न गतिविधिमा पनि सहभागी भइरहेका छन्।

आज दोलालघाट पुगेका ओलीले माछा तारेर सहभागीलाई खुवाए। दोलालघाट माछाका लागि प्रख्यात ठाउँ हो। सुनकोशीको माछा खान धेरै मान्छे त्यहाँ पुग्छन्।

माछा तारेर पूर्वप्रधानमन्त्री ओलीले दोलालघाटको पर्यटन प्रवर्द्धन गरेको भन्दै उद्घोषिकाले धन्यवाद ज्ञापन गरिन्। संकल्प यात्रा आज काभ्रेको धुलिखेलबाट सुरू भई सिन्धुपाल्चोक, दोलखा हुँदै राति रामेछाप सदरमुकाम मन्थली पुग्ने कार्यक्रम छ।

प्रकाशित: Dec 11, 2023| 11:50 सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्