बिहीबार, पुस ३, २०८२

भूकम्प प्रभावित क्षेत्रमा खाद्य संकटको चिन्ता

 |  सोमबार, मंसिर २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २५, २०८०

जाजरकोट भूकम्पबाट ३४ हजार ५०१ घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार ९०० बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।

National life

गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी भत्किएका ३४ हजार ५०१ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदो जस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ। कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारी अनुसार २८ लाख २८ हजार ७२५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ।

भूकम्पबाट नौ हजार ७९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। यसैगरी, भूकम्पले जिल्लाभर रु. पाँच करोड ४१ लाख ४२ हजार १७२ बराबरका पशुपन्छीको क्षति भएको छ। जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार ५६७ मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन्।

कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्य काममा पनि संलग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुनसक्ने चिन्ता थपिएको छ। खेतबारीमा लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले पनि खाद्यान्न उत्पादनमा कमी आउने जनाइएको छ।

जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो। जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रह समेत गरेको छ। -रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 11, 2023| 08:45 सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्