मंगलबार, वैशाख ८, २०८३

डेन्टल पढिरहेका दुई विद्यार्थीको स्कुटर दुर्घटनामा मृत्यु

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

National life
kumari

पोखराको जिएमसी कलेजमा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा मृत्यु भएको छ। पोखरा-२६ स्थित सुन्दर बजार क्षेत्रको सडकमा कारसँग स्कुटर ठक्कर खाँदा बीबीएस (ब्याचलर इन डेन्टल सर्जन) चौथो वर्षमा अध्ययन गर्दै गरेका विद्यार्थीको मृत्यु भएको हो।

कास्की प्रहरीका अनुसार मुत्यु हुनेमा पोखरा महानगरपालिका-२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा-५ निवासी २४ वर्षकी भावना बराल छन्। आइतबार अपराह्न करिब ४:१५ बजे पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आएको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। घाइते दुवै विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको हो।

उनीहरुको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा राखिएको प्रहरीले जनाएको छ। कार चालक पोखराको अर्घौं निवासी मनबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 10, 2023| 21:21 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्