बुधबार, पुस २, २०८२

१७ वर्षे किशोर बस चोरेर पोखराबाट चितवन पुगेपछि...

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- पोखराबाट बस चोरेर चितवन पुगेका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पोखराको पृथ्वीचोक बसपार्कबाट ग १ ख ९६३८ नम्बरको बस हाँकेर चितवन पुगेका १७ वर्षीय किशोर चितवनमा फेला परेका हुन्।

National life

प्रहरीले किशोरको नाम सार्वजनिक गरेको छैन। पार्किङ गरेर राखेको बस हराएको सूचना बसधनीले कास्की प्रहरीलाई दिएपछि खोजी सुरु भएको थियो। प्रहरीले आफू मातहतका कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतलाई जानकारी गराई खोजतलास गरेपछि चितवनमा भेटिएको हो।

भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सवारी जाँच गर्ने क्रममा शनिबार चितवन प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो। उनी आफैंले बस चलाएर कास्की, तनहुँ हुँदै चितवन पुर्‍याएका थिए। पक्राउ पर्ने किशोर तनहुँको म्याग्दे गाउँपालिका–३ का हुन्। उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पोखरामा दुईवटा स्कुटर चोरी गर्ने अर्का १७ वर्षीय किशोर पनि पक्राउ परेका छन्। मंसिर १९ मा पोखरा–३ नदीपुरमा पार्किङ गरेर राखिएको ग १४ प २०३४ नम्बरको स्कुटर हराएको थियो। उक्त दिन पोखरा–१ बगरबाट ग ८ प ९९३ नम्बरको स्कुटरसमेत चोरी भएको थियो।

प्रहरी टोलीले खोजतलासका क्रममा शनिबार बागलुङ घर भई पोखरा–१६ दीप बस्ने १७ वर्षीय किशोरलाई स्कुटरसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार ती किशोर यसअघि तीन पल्टसम्म चोरी मुद्दामा पक्राउ परेर सजाय काटिसकेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 10, 2023| 19:35 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्